खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते ।
हेटौँडा उपमहादेरपालिका ८ कमानेस्थित नमुना टोलमा खाना पकाउने क्रममा खानेतेल भनेर डिजेल हाल्दा भान्सामा आगलागी भई एक किशोरीसहित दुई जना घाइतेभएको छ ।

बुधबार साँझ नमुना टोल बस्ने बच्चा देवान बाबुको घरमा डेरा गरी बस्ने वीरगन्ज महानगरपालिका ३० का वर्ष १३ कि असिया खातुनले मासु पकाउन कराईमा खाने तेल हाल्ने क्रममा झुकिएर डिजेल हाल्दा आगो उत्पन्न भई उक्त आगोले निज खातुनभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

निजको अनुहार, हात, पिठिउँ र खुट्टामा जली घाइते भएको प्रहरीको भनाई छ । साथै भारत बिहार राज्य मोतिहारी जिल्ला आदापुरग्राम कलबारी मझौलिया बस्ने वर्ष २५ की अफ्रिदा खातुनको बायाँ कान, गाला र बायाँ हात जलेर सामान्य घाइते भएको र दुवै जनालाई हेटौँडा अस्पतालमा उपचार भई रहेको छ ।

प्रहरीका अनुसार आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको र उक्त आगलागीबाट काठको ढोका, धान, चामल र कपडा गरी करिब २० हजार रुपियाँ बरावर क्षति भएको छ ।




