नाम्खाका बाढी प्रभावितलाई राहत

लोकप्रिय

हेटौँडा, जेठ ७ गते ।
हुम्ला जिल्ला नाम्खा गाउँपालिका वडा नं. ६ का बाढीबाट प्रभावित परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

यही जेठ १ गते राति आएको बाढीबाट प्रभावित १८ घर परिवारका ३२ जनाका लागि जिल्ला विपद् व्यवस्थापन समिति, हुम्लामार्फत् १० क्विन्टल चामल, एक सय लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक क्विन्टल भुजा, एक क्विन्टल चिउरा, १० पाकेट चियापत्ति, १० पाकेट साबुन, तनर वटा त्रिपाल, १० बोरा सिमेन्ट, आलु तथा सागसव्जीको विउविजन र अत्यावश्यक औषधी उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

साथै, उक्त विपद्का कारण भएको क्षतिको मूल्याङकन गर्न, थप जोखिमको अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभाग र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत रहेको टोली खटिइएको छ।

यसअघि, प्राधिकरणले उक्त विपद्को प्राविधिक अध्ययनका लागि इसिमोडलाई अनुरोध गरिएको छ।

 

ताजा समाचार

Related Articles