आन्दोलन गर्न पाइन्छ, तर पत्रकार मार्न र भाटभटेनी लुट्न पाइँदैनः प्रदेश सभा सदस्य वादे

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते ।
बागमती प्रदेश सभाका सदस्य कन्चनचन्द्र वादेले आन्दोलन गर्न पाइने तर पत्रकार मार्न र भाटभटेनी लुट्न नपाइने बताउनुभएको छ ।
बागमती प्रदेश सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै उहाँले व्यवस्थाका बारेमा चर्चा चल्यो, राजाका सन्दर्भमा चर्चा चले गणतन्त्रका सन्दर्भमा चर्चा चल्यो, राजावादी साथीहरुले राखेको कुरामा मनन् गर्नु आवश्यक भएको बताउनुभयो ।

उहाँले गणतन्त्रसम्म आइपुग्दा धेरै नेपालीको योगदान रहेको छ, यसका बारेमा हेक्का राख्नु आवश्यक छ उहाँले भन्नुभयो तपाईहरुले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भन्ने कुरा गर्नुभएको छ, एक पटक तपाईहरु फर्केर हेर्नुहोस् राजतन्त्र पुनर्स्थापना भईरहँदा तपाईले राख्ने राजा तपाईलाई स्वीकार्य छ कि छैन यसतर्फ पनि ध्यान दिनुपर्छ ।

तपाईहरु संघीयताको विरोध गर्दै चुनावमा आउनुभयो, हामीसँग बस्नु भो सडकमा बहस गर्नुभयो, अब यसै व्यवस्थालाई अब्बल बनाउने गरी अब अगाडि बढ्यौ भने देशलाई अगडि बढाउन सकिन्छ उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै भन्नुभयो, यो कस्तो लोकतन्त्र हो कस्तो गणतन्त्र हो साथीहरुले प्रश्न गर्नुभयो आन्दोलन नै गर्न नपाउने हो कि भन्दै हुनुहुन्छ । आन्दोलन गर्न पाइन्छ यसमा मेरो पनि सहमति छ ।

आन्दोलन गर्न पाइन्छ साथीहरु । यही आन्दोलन गर्नका लागि हो, अभिव्यक्ति व्यक्त गर्नको लागि हो यो व्यवस्था हो, लोकतन्त्रमा सबै गर्न पाइन्छ तर आफ्नो अधिकार प्रयोग गर्दा अर्काको स्वतन्त्रता हनन् गर्न नपाइने प्रदेश सभा सदस्य वादेको भनाई छ । उहाँले भन्नुभयो, आन्दोलन गर्न पाइयो तर भाटभटेनी लुट्न पाइएन, पत्रकार मार्न पाइएन, तपाईले शान्तिपूर्वक आन्दोलन गर्न पाइयो, हामी पनि आन्दोलनबाटै यहाँसम्म आइपुगेका हौ । आन्दोलनप्रति विमति छैन तर व्यवस्थित रुपमा गर्नुस् ।

उहाँले बेथितिका कुरा रहेको, अधिकार नपाएको अवस्था छ यसमा विपक्षी दलपनि यसमा मिलेर जानु आवश्यक छ भन्दै सत्ता पक्ष हुँदा एउटा र विपक्षमा हुँदा अर्को कुरा गर्नु ठिक नभएको बताउनुभयो ।

माओवादी केन्द्रप्रति लक्षित गर्दै उहाँले भन्नुभयो तपाईहरुसँग पनि मिलेर पनि काम गरेकै हो, चुनावमा सँगै गएकै हो, नेपाली कांग्रेस सबैभन्दा ठुला दल भएर पनि तपाईहरुसँग सरकारमा बसेर पनि काम गरेकै हो तर कुनै पार नलागेपछि देशमा ठुला दुई दल मिलेर सरकार बनाएका हौ । विसंगति हटाएर दीगो विकासमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

ताजा समाचार

Related Articles