खासकुरा संवाददाता
हेटौँडा, जेठ ७ गते ।
हेटौँडा उपमहानगरपालिका ७ मिलनचोकमा दुई जनाले हाजमोला (चट्कोला) खाँदा सिसाको टुक्रा फेला परेको छ ।

स्थानीय वर्ष २४ की इस्मिता पौडेल र हेटौँडा ४ बस्ने वर्ष २५ की श्रेया रिजालले हेटौँडा ४ पारिजात पथमा संचालन गरिरहेको थडाई मार्ट पसलबाट ३/४ दिन अगाडि हाजमोला (चट्कोला) किनेर लगेकोमा निज दुवै जनाले सेवन गर्दा उक्त चट्कोलाभित्र सिसाको टुक्रा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार निज दुवै जनाले सेवन गर्दा उक्त चट्कोलाभित्र सिसाको टुक्रा फेला परेपछि मंगलबार राति हेटौँडा अस्पताल मकवानपुरमा ल्याएर उपचारभएको छ ।




