सगरमाथा आरोही पहिलो महिला प्रहरी शेर्पाको स्वागत

लोकप्रिय

काठमाडौँ, जेठ ८ गते ।
विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने महिला प्रहरी, प्रहरी नायव निरीक्षक कुञ्जाङ छोपेल शेर्पाको स्वागत गरिएको छ ।

शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा , प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु साथै नेपाल प्रहरीका प्रथम सगरमाथा आरोही प्रहरी बरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलगायतले स्वागगत गरेको हो ।

शेर्पा नेपाल प्रहरीबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरी प्रहरी नायव निरीक्षक हुनुहुन्छ । शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउने कार्य गरेको नेपाल प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles