जुडो खेलाडीलाई बिदाइ

लोकप्रिय

हेटौँडा, जेठ ८ गते ।
बंगलादेश क्रिरा सिख्रा प्रोतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको टोलीलाई बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गर्नु भएको हो । प्रतियोगिता मे २५ देखि २६ तारिखसम्म बंगलादेशको ढाका हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान तिखत्री सहभागी हुँदै हुनुहुन्छ ।

यस्तै महिलातर्फ ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठले प्रतिस्पर्धा गर्नु हुनेभएको छ ।

ताजा समाचार

Related Articles