खासकुरा संवाददाता
हेटौँडा, जेठ १४ गते ।
बागमती प्रदेश सभा अन्तर्गतका दुई वटा समितिको यहाँ बसेको बैठकले उपसमितिहरु गठन गरेको छ । 

प्रदेश सभाको अर्थ तथा विकास समितिको बैठक र विशेष अधिकार समितिको मंगलबार प्रदेश सभा सचिवालय हेटौँडामा बसेको बैठकले वार्षिक प्रतिवेदन तयार गर्न उपसमितिहरु बनाउने निर्णय गरेको हो ।

अर्थ तथा विकास समिति प्रतिवेदन तयार उपसमिति प्रदेश सभा सदस्य सुना परियारको संयोजकत्वमा र विशेष अधिकार समिति प्रतिवेदन उपसमिति प्रदेश सभा सदस्य प्रभात तामाङ संयोजकत्वमा गठन गरिएको छ ।

अर्थ तथा विकास समिति प्रतिवेदन तयार उपसमिति सदस्यहरुमा प्रदेश सभा सदस्यहरु अमृता नेपाल, लक्ष्मी श्रेष्ठ, ओम् कुमारी श्रेष्ठ र माइली तामाङ रहनुभएको छ ।

यस्तै विशेष अधिकार समिति प्रतिवेदन उपसमितिको सदस्यद्वयमा प्रदेश सभा सदस्यहरु जयराम थापा र देवेन्द्र श्रेष्ठ रहनुभएको जनाइएको छ ।

दुवै उपसमितिले आ–आफ्ना समितिले चालु आर्थिक वर्ष २०८१÷०८२ को अवधिमा गरेका गतिविधिहरु र आवश्यक सुझावसहितको प्रतिवेदन समितिसमक्ष पेश गर्ने छ र समितिले छलफलपछि प्रदेश सभाको बैठकमा पेस गर्ने छ ।




