बागमती नदीमा गरियो उद्धार अभ्यास

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ १६ गते ।
मकवानपुर र सिन्धुली जिल्लाको सिमानामा पर्ने बागमती नदीमा उद्धार अभ्यास गरिएको छ ।

इलाका प्रहरी कार्यालय फापरवारी र नेपाल रेडक्रस सोसाइटी फापरवारी उपशाखा मकवानपुरको टालीले संयुक्त रुपमा शुक्रबार उद्धार अभ्यास गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी फापरवारी उपशाखाका सभापति शंकरकुमार पराजुलीले यो वर्षकै सबैभन्दा ठुलो बाढी आएको भन्दै बाढी पहिरोमा परेकाहरुको तत्काल उद्धार एवं राहतका लागि संयुक्त रुपमा उद्धार अभ्यास गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्धार अभ्यासमा नेपाल प्रहरी र रेडक्रसका गरी तीन जनाको सहभागिता रहेको थियो ।
यस वर्ष नेपालमा सरदर मितिभन्दा १५ दिनअघि नै मनसुन भित्रिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले  सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आकलन अनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ  ।

ताजा समाचार

Related Articles