बागमतीसहित चार प्रदेशका धेरै स्थानहरूमा वर्षा, सतर्कता अपनाउन आग्रह

लोकप्रिय

हेटौँडा, जेठ १७ गते ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहितको हल्का देखि मध्यम पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा धेरै भारी देखि अति भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने प्रणाली उत्तर तिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल ईलाम, झापा, मोरङ, सुनसरी र धनकुटा को धेरै स्थानमा भारी बर्षा मापन भएको र थप बर्षा हुने, मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्छ, दिउँसो सम्म उच्च सतर्कता अपनाउन महाशाखाले भनेका छ ।

ताजा समाचार

Related Articles