खासकुरा संवाददाता
हेटौँडा, जेठ १९ गते ।
मकवानपुरको बागमती गाउँपालिका वडा नं. ७, पाथीभरा स्थित चौरा आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक दिनेश दर्लामीमाथि भएको कुटटिको घटनाको विरोध गरिएको छ ।

कक्षामा अध्यापन गर्दैै गर्दा आइतबार भएको उक्त साङ्घातिक हमलाप्रति शिक्षक र विद्यार्थी संघ संगठनले विरोध जनाएका हुन् ।
उक्त घटनाको भर्त्सना गर्दै कक्षामै अध्यापनको क्रममा भएको सो कार्य निन्दनीय भएको भन्दै कुटपिटमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ ।
नेपाल शिक्षक संघ, मकवानपुर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)लगायतका संस्थाहरुले उक्त घटनाको विरोध गरेका हुन् ।




