बेलिब्रिज जडानपछि कान्ति लोकपथमा सवारीका साधन सुचारु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २५ गते ।
मकवानपुर र ललितपुर जिल्लाको सीमा रहेको बागमती नदीमा बेलिब्रिज जडानपछि कान्ति लोकपथ आयोजनाको मकवानपुर सडक खण्डमा आइतबार बिहानबाट सवारीका साधनहरु सुचारु भएको छ ।

मकवानपुर भीमफेदी गाउँपालिका ८ र ललितपुर बागमती गाउँपालिका २ बगुवास्थित बागमती नदीमा बेलीब्रिज जडानको कार्य सम्पन्न भए उक्त सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बेलिब्रिज जडान सकिएको र उक्त सडक खण्ड पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ ।

ताजा समाचार

Related Articles