प्रदेश स्तरीय महिला उद्यमी मेला सम्पन्न

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ ३० गते । बागमती प्रदेश स्तरीय महिला उद्यमी व्यवसाय प्रवद्र्धन तथा रोजगार मेला सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार श्रम रोजगार तथा यातायात मन्त्रालय र मकवानपुर महिला उद्यमी व्यवसायी संघ, हेटौँडाको आयोजनामा शनिबार आयोजित मेलामा करिब ४५ वटा स्टल रहेको थियो ।
मेलाको समापनमा बागमती प्रदेशका महान्यायाधिवक्ता अप्सरा बस्नेतले उत्पादकले उपभोक्ताको अधिकार हेर्नुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय उत्पादनसँगै उपभोग्य बस्तुको म्याद, मूल्यलगायतका विषयमा उत्पादक सचेत रहनुपर्ने भन्दै नव उद्यमीको सीप प्रवद्र्धनमा प्रदेश सरकारले बीउ पुँजी, अनुदानलगायतका सहयोग विभिन्न जिल्ला गर्दै आएको बताउनुभयो ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयकी महाशाखा प्रमुख सुनिता गजुरेलले व्यवसाय गर्दा करका दर, दायरा, सरकारले दिएको सेवा, कसरी सेवा लिने सवालमा जानकारी राख्नुपर्ने भन्दै । उत्पादन सँगै रोजगारी बढाउनेतर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रतिमा श्रेष्ठ, महिला उद्यमीहरु नुररानी ढुङ्गेल, मञ्जु माझीलगायतले अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रदर्शनीले नवप्रवर्तन र उद्यमशीलतामा सहयोग पुग्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles