मातृभूमि साहित्यको सम्मान कार्यक्रम सम्पन्न

लोकप्रिय

हेटौँडा, जेठ ३० गते । मातृभूमि साहित्य समाजको आयोजना तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १० को सहकार्यमा हेटौँडामा शनिबार ’शिक्षालयमा सांस्कृतिक सन्देश’ विषयक परिचर्चा कार्यक्रम, निबन्धको सैद्धान्तिक पक्ष तथा निबन्धकृति ’तुइन जिन्दगी’ माथि विमर्श, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
समाजका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्ष्ता तथा वरिष्ठ समालोचक डा. ज्ञानु अधिकारीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कला तथा सिर्जनाका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा ईश्वरी स्मृति मातृभूमि सम्मान–२०८२ साहित्यकार शशी पन्थी (गुल्मी) र मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान–२०८२ साहित्यकार गिरिराज आचार्य (धरान) लाई प्रदान गरिएको छ । जनही १५ हजार रुपियाँ राशिको पुरस्कारसहित सम्मान गरिएको हो ।
शेखर शर्मा रिजाल स्मृति मातृभूमि सम्मान–२०८२ तीनलाई प्रदान गरिएको छ । कला साधक माधव सिलवाल (हेटौँडा) १५ हजार राशि तथा गजलकार स्वस्तिका दाहाल (बकैया) र मुक्तककार सुमि थिङ (राक्सिराङ) लाई जनही सात हजार पाँच रुपियाँसहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ समालोचक डा. ज्ञानु अधिकारीले निबन्धको स्वरूप, विकासक्रम र सैद्धान्तिक पक्षबारे आफ्नो विचार राख्नुभएको थियो । त्यसैगरी, डा. रेणुका सोलुद्वारा लिखित निबन्धकृति ’तुइन जिन्दगी’ को समीक्षात्मक विमर्श साहित्यकार प्रभा बरालले गर्नुभयो ।

साथै लेखक डा. रेणुका सोलुले आफ्नो जीवनको कथा सुनाउनु भएको सो कार्यक्रममा
‘शिक्षालयमा सांस्कृतिक सन्देश’ विषयक परिचर्चा कार्यक्रमको सहजीकरण पूर्व प्रधानअध्यापक रमेश लामिछाने गर्नुभएको थियो । उक्त परिचर्चा कार्यक्रममा बागमती प्रदेश मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेत, प्रधानअध्यापक मालती उप्रेती र बाल जागृतिका प्रधानाध्यापक बिनोद सुवेदीसरले विचार प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्ने नवसर्जक विद्यार्थीहरूले आफ्ना सिर्जनाहरू वाचन गरी साहित्यप्रतिको रुचि र प्रतिभा प्रस्तुत गरेका थिए । काव्य वाचन कार्यक्रमको सहजीकरण कार्यसमिति सदस्य मिथिला अधिकारीले गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हेमन्त ढुङ्गेलले, स्रष्टाहरूको परिचय कोषाध्यक्ष निरा शर्माले र कार्यक्रमको ब्यवस्थापन सहजीकरण सचीव किशन पौडेलले गर्नुभएको थिए ।

ताजा समाचार

Related Articles