विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

लोकप्रिय

काठमाडौँ, जेठ २६ गते । पटक पटक अवरुद्द हुँदै आएको प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने गरी आज पनि स्थगित भएको छ ।

आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगन भएको थियो ।

यसअघि आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक शुरु हुनासाथ विपक्षी सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि सार्नु भएको हो ।

यसबीचमा नेपाली कांग्रेस र रास्वपावीच बैठक सुचारु गर्ने विषयमा छलफल भएपनि सहमति बन्न सकेन ।
रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग कायमै राखेपछि सहमति हुन सकेन ।

यस्तै प्रमुख प्रतिपक्षी नेकपा माओवादीले गृहमन्त्रीको राजिनामाबाट केही लचिलो देखिएर संसदीय वा न्यायिक समिति गठनको माग गरेको छ । बैठक लगातार अवरुद्ध हुँदा बजेटमाथिको छलफल प्रभावित भएको छ ।                        जेठ १५ गते बजेट ल्याउन बसेको प्रतिनिधिसभाको बैठक त्यस यता स्थगित हुदै आइरहेको छ ।

ताजा समाचार

Related Articles