प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा खड्का

लोकप्रिय

काठमाडौँ, भदौ १५ गते ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा निर्वाचित हुनु भएको छ। काठमाडौँमा शुक्रबार भएको दोस्रो साधारण सभाले प्रदेश सङ्घको नेतृत्वमा खड्कालाई निर्वाचित गरेको हो ।

अध्यक्षका प्रत्याशी उमेर पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो । खड्काले २३ मत र पियाले १४ मत प्राप्त गर्नुभयो । १३ सदस्यीय कार्यसमितिका लागि शुक्रबार निर्वाचन भएको थियो । कार्यसमितिमा अधिकांश खड्का प्यानलबाट निर्वाचित भएका छन् ।

खड्का यसअघि काठमाडौँ जिल्ला क्रिकेट सङ्घको कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।
उहाँ काठमाडौँ जिल्लाबाट प्रतिनिधि भएर प्रदेश निर्वाचनमा प्रतिस्पर्धामा उत्रनुभएको हो ।

पारसलाई बागमती प्रदेशभित्रका काठमाडौँ, भक्तपुर, ललितपुर र मकवानपुरसहितका जिल्लाहरूले समर्थन गर्दै नेतृत्वको रुपमा अघि सारेका थिए ।
यस्तै प्रदेश समितिको उपाध्यक्षमा उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सन्जय बस्नेत निर्वाचित हुनुभएको छ ।
समिति सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, वसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

ताजा समाचार

Related Articles