प्रदेश सभाका समितिले बुझाए सभामुखलाई प्रतिवेदन

लोकप्रिय

हेटौँडा, जेठ ३० गते । बागमती सभा अन्तर्गतका समितिहरुले समितिको वार्षिक प्रतिवेदन बागमती प्रदेश सभाका सभामुखसमक्ष बुझाएका छन् ।

प्रदेश सभा सचिवालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा शुक्रबार प्रदेश सभाका छ वटा समितिले सभामुख भुवनकुमार पाठकसमक्ष समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश सभामामा सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ तथा विकास समिति नुरज वज्राचार्य, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समिति आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले सभामुख पाठकसमक्ष वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।

समितिहरुले चालु आर्थिक वर्ष २०८१/८२ मा गरेका अध्ययन, अनुगमनलगायतका कार्यहरुसँगै सरकारलाई दिएको सुझाव, निर्देशन प्रतिवेदनमा समेटिएको छ ।

समितिहरुले सरकारका विकास आयोजनाहरुको अध्ययन, अनुगमनसँगै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले औल्याएका बेरुजुलगायतका विषयहरुमा अध्ययन गरी सरकारलाई निर्देशन र सुझाव दिँदै आएको छ ।

ताजा समाचार

Related Articles