हेटौँडा, जेठ ३१ गते ।
मकवानपुरको मनहरी गाउँपालिकामा निर्माण सम्पन्न दुईवटा पक्की पुलको शनिबार उद्घाटन गरिएको छ ।
पालिकाले आफ्नै आन्तरिक स्रोतबाट साविकको हाँडिखोला गाविसका चार वटा वडालाई जोड्ने गरी एकै पटक पाँच वटा पक्की पुलका लागि बोलपत्र आव्हान गरी निर्माण सम्पन्न गरेको हो ।

मनहरी गाउँपालिका ३ स्थित ठाडोखोला र हाँडीखोलामा निर्मित दुईवटा पक्की पुलको बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभयो ।
अघिल्लो वर्षनै लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत तीन वटा पक्की पुल निर्माण सम्पन्नभएको थियो ।
ठाडोखोला पुल, हाँडीखोला पुल, मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने मसिने खोला पुल निर्माणभएको हो ।

हेटौंडा उपमहानगरपालिकास्थित पदमपोखरी हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट पुल निर्माण गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य बानियाँले २०८४ को निर्वाचन सम्ममा लामिटार–चकरी–मकरी पदमपोखरी सडक स्तरीकरण र कालोपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट बिनियोजन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।




