४१० जनाको स्वास्थ्यको जाँच

लोकप्रिय

हेटौँडा, असार १ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ तथा हृदय रोग निवारण प्रतिष्ठान, मकवानपुरको संयुक्त आयोजनामा एकदिने मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, २०८२ शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आथित्यतामा भएका शिविरमा मुटु रोग, हाड, नशा, र फिजिसियन सेवा जाँचसँगै विभिन्न रोगका बिरामीलाई निःशुल्क औषधी प्रदान गरिएको थियो ।

शिविरमा मुटुरोग विशेषज्ञ प्रा. डा. मनोज श्रेष्ठ (कार्डियोलोजिष्ट ), अण्ट्रासाउण्ड प्रा.डा. सुमन कर्माचार्य (सिनियर जनरल) फिजिसियन डाक्टरहरू, प्रियन्का रजक, सुनिल शाह, विकास यादव, प्रतीक भट्टराई र श्रवण पण्डितले सेवा प्रदान गर्नुभएको थियो ।

शिविरमा ४१० जनाले स्वास्थ्यको जाँच गराएका थिए । शिविरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, मकवानपुर सहकारी अस्पताल, हेटौंडा र हेटौंडा नेपाल ल्याब हाउस एण्ड मल्टिस्पेशिलिटी क्लिनिक, हेटौंडले प्राविधिक सहयोग गरेका थिए ।

यस्तै शिविरमा रोटरी क्लब अफ हेटौंडा, रोटरी क्लब अफ काभ्रे बनेपा, राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाल, मकवानपुर, मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्र, हेटौंडा–४, टोल विकास वडा समन्वय समिति, हेटौंडा–४, शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४, महिला जागरण समुह, हेटौंडा–४, सामाजिक अभियान सन्जाल, हेटौंडा–४, नेपाल रेडक्रस सोसाइटी, हेटौंडा–४, शाखा साथै भुटनदेवी मावि (प्राविधिक शिक्षालय) र श्रमिक मावि, स्काउटलगायतले सहयोग गरेका थिए ।

ताजा समाचार

Related Articles