हेटौँडा, असार ७ गते । नेकपा समाजवादी निकट नेपाल खेलकुद महासङ्घ समाजवादीको आयोजनामा शनिबारबाट हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता–२०८२ सुरुभएको छ ।

शनिबारबाट सुरुभएको प्रतियोगितामा नेपाल प्रहरीको टिम र टिप टप न्यू डाईमण्ड काठमाडौँ विजयी भएका छन् ।
विभागीय टोली एपिएफको महिला भलिबल टिम एपिएफको टोलीलाई टिप टप न्यू डाईमण्ड काठमाडौँले २७–२५, २५– १५ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । यसअघि भएको खेलमा नेपाल प्रहरीको टिमले बागमती प्रदेशको टिमलाई पराजित गरेको थियो ।

प्रतियोगिताका हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।
विभागीयसहित छ वटा महिला भलिबल टोलीको सहभागीता रहेको प्रतियोगिताको फाइनल खेल यही असार ११ गते हुनेभएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः पाँच लाख, तीन लाख, एक लाख र ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजनकले जनाएको छ ।




