हेटौँडालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा

लोकप्रिय

हेटौँडा, असार ११ गते । हेटौँडा उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको स्थानीय तह घोषणा गरिएको छ ।

हेटौँडामा बुधबार भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका प्रमुख ललितबहादुर घलानले उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गर्नुभएको हो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि आवश्यक सूचकहरु पूरा गरेकोले हेटौँडा उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको बताउनुभयो ।

घोषणा कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया, १९ वडाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत भरत गौतमलगायतको उपस्थिति थियो । कार्यक्रममा स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीलगायतलाई सम्मान गरिएको थियो ।

ताजा समाचार

Related Articles