९१ जना सवारी चालकलाई जाँच गर्दा १२ जना लागूऔषध सेवनकर्ता

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार १२ गते । लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक सवारी साधनका सवारी चालकले लागूऔषध सेवन गरे नगरेको जाँच गरिएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुर र जिल्ला ट्राफिक कार्यालय मकवानपुरले दिवसका अवसरमा ९१ जान जाँच गर्दा १२ जना चालकले लागूऔषध सेवन गरी सवारी साधन चलाएको पाइएको छ ।

लागूऔषध सेवन यात्रुवाहक सवारी साधन बस र म्याजिकदेखि ट्रक, टिपर, ट्याक्टर, मिनी ट्रक र पिकअप भ्यानका चालकसम्म रहेका छन् ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका फोकल पर्सन मनिर आलमले सवारी सानध चालकमो लागूऔषध दुरुपयोगको समस्या रहेको जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालले लागूऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने बताउनुभयो ।

दिवसकै अवसरमा हेटौँडामा प्रभात फेरिलगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

ताजा समाचार

Related Articles