हेटौँडा, असार १८ गते । हेटौँडा उपमहानगरपालिकाले आयोजना गरेको रोजगार प्रवर्धन मेला– २०८२ सम्पन्न भएकाके छ ।
साना सिपहरु सिकेर पनि यही दैनिकीकलाई सहज बनाउँन सकिन्छ भन्ने जानकारी दिने उद्देश्य सहित उपमहानगरले उद्योग संघ मकवानपुरसँगको सहकार्यमा बुधबार आयोजना गरेको मेलाको आठ सय जना युवाले अवलोकन गरेका छन् ।

मेला अवलोकन गर्न आएका युवालाई व्यावसायिक क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायी तथा उद्योगीहरुले सहजीकरण गरेका थिए । कुल ५१ वटा स्टल रहेको मेलामा हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका ३० भन्दा बढी र उपमहानगरपालिकाले बिभिन्न समयमा तालिम दिएका साना घरेलु उद्योगका २० स्टल रहेको थियो । मेलामा उपमहानगरले तालिम दिएर उत्पादनमा रहेका हस्ताकलाका सामग्री, ढाकाका कपडा, गुन्द्रुक, बेसार, आलु चिप्स, दालमोठ, ह्याण्ड व्याग, कृषि उत्पादन मोही सहितको स्टल रहेको थियो ।

औद्योगिक क्षेत्र उत्पादन भएका प्लाष्टिकका भाडा, सरफ, साबुन, खाद्य पदार्थको भाडा, बिष्कुट, पोल्ट्री पलेट, माटोका टाइल सहितका सामग्री राखिएका थिए ।
अवलोकनकर्ताहरुलाई रोजगारमा पहँुच अभिवृद्धि सम्बन्धी परामर्श दिइएको उपमहानगरका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिनुभयो । मेलामा रोजगारीको अवसर खोज्दै आउनेहरुलाई उपमहानगरले ‘क्यूआर’ कोर्ड मार्फत अनलाईन फारम भरी सूचीकृत गरेको थियो । सूचीकृत भएकालाई दक्ष अर्धदक्षताका आधारमा रोजगारीका लागि समन्वय गरिनेभएको छ ।

उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्माको अध्यक्षतामा भएको मेलाको उद्घाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्रालयकामन्त्री प्रेमभक्त महर्जन र समापन हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले गर्नुभएको थियो ।
