हेटौँडा, असार १८ गते । हेटौँडा उपमहानगरपालिकाको न्यायिक समितिले प्रकाशन गर्ने ‘न्यायीक दपर्ण’ सार्वजनिक गरिएको छ ।
उपमहानगरभित्र भएको न्यायिक गतिविधि समेटेर प्रकाशन गरिएको न्यायिक दपर्णको बुधबार नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजेश बानियाँले विमोचन गर्नुभएको हो ।

मेलमिलापकर्ताहरुको वार्षिक समीक्षा कार्यक्रममा उपप्रमुख बानियाँले न्यायिक समितिको प्रभावकारी कार्य सम्पादनमा मेलमिलापकर्ताहरुको भूमिका प्रशंसनीय रहेको र आगामी दिनमा थप उच्च मनोबल राखेर काम गर्न भन्नुभयो ।
कार्यक्रमा मेलमिलापकर्ताहरुलाई सुरक्षित वैदेसिक रोजगारीमा मेलमिलापकर्ताको भूमिकाका विषयमा अभिमुखीकरण गरिएको थियो ।

न्यायिक समितिका सदस्य ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, समिति सदस्य सन्तुमाया पाख्रिन, महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिना, साहित्यकार हयग्रीब आचार्यलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
