डढेलोले जनजीवन प्रभावित

लोकप्रिय

टेक्सास, भदौ १८ गते । 

अमेरिकाको पूर्वी टेक्सासस्थित हन्ट्सभिलेमा तीव्र गतिमा फैलिरहेको डढेलोका कारण जनजीवन प्रभावित भएको छ । शुक्रबारबाट फैलिएको आगोका कारण सडक अवरुद्ध हुनुका साथै स्थानीयलाई स्थानान्तरण गरिएको छ । 

यस्तै, अहिलेसम्म जनधनको भने कुनै क्षति भएको छैन । डढेलोले १२ सय एकड क्षेत्रफल जलेको छ । आगोका कारण जङ्गलका रुखहरु सुकेका छन् भने अन्य जीवजन्तुको धेरै क्षति भएको छ। आगो अझै बढ्नसक्ने बताइएको छ । पछिल्लो केही समय यता कम वर्षाका कारण अमेरिकामा डढेलो लागिरहेको छ ।

यस्तै, डेनियल प्याटरसन, टेक्सास ए एण्ड एम वन सेवाका सूचना अधिकारीका अनुसार अधिकारीहरुले ३६३ वर्ग किलोमिटरभन्दा बढी जङ्गलमा डढेलो लाग्न सक्ने बताएका छन्। सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

ताजा समाचार

Related Articles