खासकुरा संवाददाता
हेटौँडा, असार २७ गते । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ४ महालक्ष्मी स्थित सडक खण्डमा काम गरिरहेको अवस्थामा पहिरो खसेर लाग्दा एक मजदुर गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान ८ः१५ बजेको समयमा खोटाङ लामिडाँडा घर भएको वर्ष २० का केशव मगरले नालीको काम गरी रहेको अबस्थामा माथि भीरबाट सुख्खा पहिरो झर्दा ढुङ्गाले लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउको र ढाडमा चोट लागि गम्भीर(बोल्न नसकेको) घाईते भएका निजलाई उपचारको लागि काठमाडौँ तर्फ पठाईएको प्रहरीको भनाई छ ।




