बागमती प्रदेशः कांग्रेस संसदीय दलका नेता लामा विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित

लोकप्रिय

हेटौँडा, साउन १३ गते । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध अविश्वासको प्रस्ताव बहुमतले पारितभएको छ । बागमती प्रदेशको मुख्यमन्त्रीसमेत रहनुभएका संसदीय दलका नेता लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि हस्ताक्षरमार्फत मत विभाजन हुँदा अविश्वासको प्रस्ताव बहमतबाट पारितभएको हो । अविश्वासको प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको हो ।
अविश्वासको प्रस्ताव बहुमतबाट पारित भएसँगै नेता लामाले संसदीय दलको नेताको हैसियत गुमाउनुभएको छ ।
यसअघि, संसदीय दलको बैठक प्रस्तावमाथि भएको छलफलको क्रममा कांग्रेसको केन्द्रबाट कांग्रेस केन्द्रीय सदस्य राजन केसीलाई पर्यक्षकको रुपमा पठाइएको र अविश्वासको प्रस्ताव दर्ता भएको पत्र पढेर सुनाइएको थियो ।

ताजा समाचार

Related Articles