प्रदेश प्रमेखबाट चार वटा विधेयक प्रमाणीकरण

लोकप्रिय

हेटौँडा, साउन १९ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चार वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयबाट यसअघि पुनर्विचार गर्न प्रदेश सभामा फिर्ता पठाइएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहितको विधेयक सोमबार प्रमाणीकरण गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभाको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जनाएको छ ।
यस्तै प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाद्वारा सोमबार जारी विज्ञप्तिमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (४) बमोजिम प्रमाणीकरण गर्नुभएको उल्लेख छ ।
प्रदेश प्रमुखले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यसअघि प्रदेश सभामा सन्देशसहित फिर्ता गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles