वडाध्यक्ष न्यौपानेमाथि दुर्व्यवहार गर्ने पक्राउ

लोकप्रिय

हेटौँडा, साउन १९ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपानेमाथि अमानवीय व्यवहार गर्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
वडाध्यक्षमाथि अमानवीय तथा अपमानजनक व्यवहार गर्ने मकवानपुरको मनहरी गाउँपालिका २ का ३० वर्षीय नेप्टे भन्ने विजय थिङ लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वडाध्यक्ष न्यौपानेमाथि दुर्व्यवहार भएको डेढ महिनाभन्दा लामो समयपछि प्रहरीले लामालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले वडाध्यक्ष न्यौपानेलाई गत असार ४ गते वडा कार्यालयनै अमानवीय तथा अपमानजनक व्यवहार गरी फरार रहेकामध्ये लामालाई पक्राउ गरेको जानकारी दिनुभयो ।
वडाध्यक्षमाथि चार जनाको समुहमा गएर दुव्र्यवहार गरेका थिए ।
लामालाई हेटौँडा वडा नं. ८ कमानेबाट पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौँडाबाट चार दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको भन्दै उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।
वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधि आन्दोलित बनेका थिए ।

ताजा समाचार

Related Articles