खासकुरा संवाददाता
हेटौँडा, साउन २१ गते । नेपाली कांग्रेस बागमती प्रदेश समितिले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत, बधाई, शुभकामना व्यक्त गरेको छ ।
हेटौँडामा बुधबार कार्यक्रम आयोजना गरी प्रदेश समितिका सभापति समेत रहेका मुख्यमन्त्री मुख्यमन्त्री ईन्द्रबहादर बानियाँ तथा मन्त्रीद्वय खानेपानी, उर्जा तथा सिँचाई मन्त्री कृष्णकुमार तामाङ र बिनाविभागीय मन्त्री शिवराज अधिकारीको सम्मानसहित बधाई तथा शुभकामन कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले सरकारको कामलाई तिव्रतासँगै सुशासनका लागि काम गर्ने बताउनुभयो ।
कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश महामन्त्री कञ्चनचन्द्र बादेले स्वागत गर्नुभएको थियो ।




