स्वास्थ्य मन्त्री थापाका तीन निर्णय

लोकप्रिय

हेटौँडा, साउन २१ गते । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत तीन वटा निर्णयहरु गर्नुभएको छ । मन्त्री थापाले मंगलबार मन्त्रालय पुगेर पदभार ग्रहणसँगै बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपतकालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णय गर्नुभएको हो ।
स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको भन्दै उहाँले यो प्रणालीले स्वास्थ्य सेवा प्रवाहमा छिटो र छरितो हुने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका सवारी साधनहरूको व्यवस्थापन तथा समन्वय गर्न ‘जिपिएस’ प्रणाली जडान गर्ने निर्णय गरिएको छ । यस्तै प्रदेशभर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागू गर्ने गरिएको छ।
मन्त्रालयका सचीव डा. सुमित्रा गौतमले उक्त यी निर्णयहरुले डिजिटल स्वास्थ्य क्षेत्र रूपान्तरणमा सहयोग पुग्ने बताउनुभयो ।
थापा २०८१ साउन ९ गते बहादुर सिंह लामा तामाङ नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री नियुक्त हुनुभएकोमा लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि पुनः मंगलबार स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको हो ।

ताजा समाचार

Related Articles