हेटौँडा, साउन २६ गते । मकवानपुरको बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठको सरुवा भएको छ ।
श्रेष्ठको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवासँगै गाउँपालिकाले सोमबार गाउँपालिका कार्यालयमा फेरी भेटौला कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।
श्रेष्ठ २०७९ साउन १६ गते बकैयामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएको थियोे ।
बिदाई कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री, पालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विभिन्न संघसंस्थाका प्रतिनिध्लिगायतको उपस्थिति रहेको थियो ।
बकैया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा झापा जिल्लाको बुद्धशान्ति गाउँपालिकाबाट विनोद पोख्रेल आउनु हुने जनाइएको छ ।




