कैलाशको पुँजीगत खर्च ८६.४८ प्रतिशत

लोकप्रिय

हेटौँडा, साउन २७ गते । मकवानपुरको कैलाश गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा ८६.५८ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको सभाहलमा मंगलबार भएको समीक्षा कार्यक्रममा गत आवमा गाउँपालिकाले पुँजीगततर्फ ८६.४८ प्रतिशत र चालुतर्फ ८३.१५ प्रतिशत खर्चभएको जानकारी गराइएको हो ।
५२ करोड ६ लाख ५५ हजार ३०५ रुपियाँमध्ये ८४.४१ प्रतिशत रकम खर्च प्रगति भएको आर्थिक प्रशासन प्रमुख नवीन धितालले जानकारी दिनुभयो । उहाँका अनुसार संघीय कार्यक्रमबाट प्राप्त शर्सत, समानीकरण,समपूरक र राजश्व बाडफाँडबाट प्राप्त हुने रकममा ८६.५८ प्रतिशत खर्च प्रगति भएको छ । त्यस्तै प्रदेश कार्यक्रमबाट प्राप्त भएका विभिन्न अनुदान रकममध्ये ९४.२९ प्रतिशत गत आवमा खर्च भएको छ ।
कैलाशका १० वटा वडामध्ये गत आवमा वडागत कार्यक्रम र खर्च प्रगतिमा वडा नम्बर १ ले ६८.४७ प्रतिशत, वडा २ ले ८५.२६ प्रतिशत, वडा ३ ले ७८.९९ प्रतिशत, वडा ४ ले ९१.१२ प्रतिशत, वडा ५ ले ९०.३९ प्रतिशत, वडा ६ ले ७९ प्रतिशत, वडा ७ ले ७४.८४ प्रतिशत, वडा ८ ले ८२.३५ प्रतिशत, वडा ९ ले ६९.८८ प्रतिशत र वडा १० ले ९६.६१ प्रतिशत खर्च गरेका छन् ।
कैलाशको क्षेत्रगत खर्च प्रगतिमा आर्थिक विकासतर्फ ७१.८८ प्रतिशत, समाजिक विकासतर्फ ८५.८५ प्रतिशत, पूर्वाधार विकासतर्फ ७५.७५ प्रतिशत, सूचना तथा अन्तरसम्बन्धित क्षेत्रमा ७९.४१ प्रतिशत, कार्यालय तथा प्रशासनिकतर्फ ७८.३४ प्रतिशत रहेको उहाँले बताउनुभयो ।
क्षेत्रगतको कूल रकममा ८१.३३ प्रतिशत खर्च भएको छ ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा पालिकाका शाखागत प्रमुखहरुले आव ०८१÷०८२मा भएका कामका प्रगति, समस्या र चुनौति प्रस्तुत गरिनुका साथै वडागत सचिवहरुले वडामा भएका राजश्व संकलन देखी व्यक्तिगत घटना दर्ता र योजनाको प्रगतिको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तानले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयकारी भूमिकाले गत आवमा विभिन्न सूचकहरु पुरागर्दै जिल्लाकै उत्कृष्ट गाउँपालिका बन्ने बताउनुभयो ।
गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले कर्मचारीहरुको साथले गाउँपालिकाको विभिन्न क्षेत्रमा विकासले फड्को मार्दै आइरहेको अवस्था रहेको बताउनुभयो ।
उहाँले आवश्यक साथ र समन्वयका साथ आगामी वर्षहरुमा पनि सहकार्य गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, वडा ३ का कार्यबाहक वडाध्यक्ष राममाया प्रजालगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles