बागमती प्रदेशका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत प्राप्त

लोकप्रिय

हेटौँडा, साउन २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट मुख्यमन्त्री बानियाँले विश्वासको मत पाउनुभएको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका बानियाँ यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
११० सदस्य रहेको बागमती प्रदेश सभाको मंगलबारको बैठक मतदानमा उपस्थित ९२ जना प्रदेश सभा सदस्य रहेकोमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ६३ मत र विपक्षमा २२ मत परेको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी गराउनुभयो । विश्वासको मतका लागि भएको मतदानमा सात जना प्रदेश सभा सदस्य तटस्थ रहेका थिए ।
मुख्यमन्त्रीले राख्नु भएको विश्वासको मत माथिको प्रस्तावको पक्षमा नेपाली कांग्रेस र नेकपा एमाले रहेको थियो ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) विपक्षमा मत दिने बताएका थिए ।
नेपाल मजदुर किसान पार्टी मतदानमा तटस्थ रहेका थियो । बानियाँ मुख्यमन्त्रीमा नियुक्त हुनु भएसँगै एक जना बिना विभागीयसहित आठ जना मन्त्री मुख्यमन्त्रीको सिफारिशमा नियुक्त भएका छन् ।

ताजा समाचार

Related Articles