खोलाले बगाएर वृद्धको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ६ गते । चितवनको कालिका नगरपालिका ५ खगेरी खोला कमिनी घाटमा खोला तर्ने क्रममा बगाएर एक जनाएको मृत्युभएको छ ।
भैंसी गोठालो जाने क्रममा भैंसी खोलामा तारी आफू खोला तर्ने क्रममा कालिका नगरपालिका ५ भिमौली पार्क बस्ने वर्ष ७२ का डकुवा महत्तोलाई बुधबार खोलाले बगाएर मृत्युभएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । खोलाले बगाउँदा बेपत्ता भएका निज डिकुवा महत्तोलाई बिहीबार प्रहरी र स्थानीयले खोजतलास गर्दै जाने क्रममा खोलाले बगाएको स्थानबाट दुई मिटर तल खोलामा मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles