अस्पताल सञ्चालनमा लायन्स क्लबहरुबिच सहकार्यमा जोड

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ७ गते । हेटौँडा उपमहानगरपालिका ९ कर्रास्थित लायन्स क्लब अफ हेटौँडाको निर्माणाधीन अस्पताललाई विश्वभरका लायन्सहरुले अपनत्व लिनुपर्नेमा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
लायन्स क्लब अफ हेटौँडाको आयोजनामा भएको डिजी क्लब भिजिट कार्यक्रममा अस्पताल सञ्चालनमा लायन्स क्लबहरुबिच सहकार्यमा जोड दिइएको हो ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ एसका डिष्ट्रिक डाईरेक्टर बिनय बस्नेतले ४८ वर्ष पुरानो क्बलले निकै पछि भएपनि एउटा उदाहरणीय काम गर्न सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो ।
यो एलसी हेटौँडाले सुरुवात गरेको भएता पनि यसलाई पूर्णता दिनको लागि लायन्स क्लबहरुले अपनत्व लिन र सञ्चालनमा पनि हातेमालो गर्न सुझाउँदै सहकार्य र समन्वयका लागि आग्रह गर्नुभयो । उहाँले लायन्स ईन्टरनेशनलबाट पनि अस्पतालका लागि उपकरण खरिद गर्न अनुदान उपलब्ध गराउन पहल गरिने प्रतिवद्वता जनाउनुभयो ।
पिडिजी राजकुमार सिन्धीले आफ्नो कार्यकालमा सुरु गरको वेलफेयर सेन्टरले अहिले मूर्तरुप पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले निर्माणाधीन अस्पतालका परिकल्पनाकार सुदर्शन अधिकारीको योगदानको सम्मान गर्दै आफूले पनि अस्पताल निर्माणमा पाँच लाख रुपियाँ सहयोग गर्ने घोषणा गर्नुभयो ।
लायन्स क्लबका पूर्वडिष्ट्रिक गर्भनर शम्भु नकर्मीले निर्माणाधीन अस्पतालको शिघ्र निर्माण र सञ्चालनको लागि हेटौँडामा रहेका लायन्स क्लबहरुलाई सहकार्य गर्न आग्रह गर्नुभयो । निवर्तमान गर्भनर तासीडोल्मा तुम्बाहाम्फेले आफ्नो कार्यकालमा पनि अस्पतालको प्रस्ताव लायन्स ईन्टरनेशनलमा पठाएकोमा प्राविधिक कारणले पास हुन नसकेकोले आगामी वर्षमा पुनः ईन्टरनेशनल सहयोगका लागि प्रस्ताव पेश गर्न सुझाउनुभयो ।
लायन्स क्लब अफ हेटौँडाका अध्यक्ष रामकृष्ण चौलागाईको अध्यक्षातमा भएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष विके महर्जनले लायन्स क्लबको ईतिहास र लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा सञ्चालनमा आउन लागेको पुनर्नावा अस्पतालको निर्माण योजना, सञ्चालन विधि र आगामी योजनाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles