मुख्यमन्त्री बानियाँको राजनीतिक सल्लाहकारमा लामा नियुक्त

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १२ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले लामालाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लामा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति हुनुहुन्छ । लामा यसअघि बानियाँ कांग्रेस मकवानपुरको सभापति हुँदा कांग्रेस मकवानपुरको सचिव रहनुभएको थियो । प्रमुख राजनीतिक सल्लाहकारले प्रदेशको राज्यमन्त्री सरहको सुविधा पाउने छन् ।

ताजा समाचार

Related Articles