बागमती प्रदेश सरकारको प्रवक्तामा तामाङ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १२ गते । बागमती प्रदेश सरकारको प्रवक्तामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले तामाङालाई प्रदेश सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो ।
यसअघि प्रदेश सरकारको प्रवक्तामा खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रीलाई तोकिएको थियो ।
मन्त्रीपरिषद् बैठकले तामाङलाई प्रवक्ता तोक्नेसहित आठ वटा निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकले प्रदेशका विभिन्न मन्त्रालयमा रिक्त सचिवमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिनुभयो ।
रिक्त सचिवमा पदस्थापनसहित सचिवको मन्त्रालय हेरफेरसमेत गरिएको छ ।

ताजा समाचार

Related Articles