कैलालीमा नदीमा डुबेर चार जनाको मृत्यु

लोकप्रिय

धनगढी, भदौ १२ गते ।  कैलालीको खुटिया नदीमा डुबेर चार जनाको मृत्यु भएको छ । आज दिउँसो खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका–१७ का सक्षम जोशी, जावेज भण्डारी, प्रतीक चौधरी र वडा नं.१५ का जेव भण्डारीको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा चारै जना नदीमा डुबेको उहाँले बताउनुभयो ।

उनीहरू साथीहरूसँगै नदीमा नुहाउन गएका थिए ।  नदीमा नुहाउन गएका अन्य तीन जना भने सकुशल रहेको बताइएको छ ।

ताजा समाचार

Related Articles