मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण

लोकप्रिय

जनकपुरधाम, भदौ १२ गते । “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन मापदण्ड २०८२” अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निरीक्षण तथा अनुगमन बिहीबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार के.सी., प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जि.सी.सहितको केन्द्रीय मूल्याङ्कन टोलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक भवन, सबै शाखा, जनशक्ति व्यवस्थापनलगायतको निरीक्षण अनुगमन गर्नुभएको हो ।
यस्तै, अभिलेख व्यवस्थापन, प्रहरी कार्य, प्रशासनिक गतिविधि, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, हातहतियारको अवस्था, शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरीबाट भए गरेका नयाँ–नयाँ अभ्यासहरु, सांगठनिक सुधारका लागि गरिएका प्रयासहरु, कार्यालयको मेस, ब्यारेक लगायत भौतिक संरचनाहरुको निरीक्षण÷अनुगमन गरिएको थियो ।
साथै मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाले मधेश प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, मानवश्रोत एवं प्रशासनिक व्यवस्थापन, श्रोत साधन व्यवस्थापन, मधेश प्रदेश प्रहरीबाट भए गरेका रचनात्मक तथा सृजनात्मक कार्यलगायतका विषय वस्तुहरुको प्रस्तुतीकरण गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles