खासकुरा संवाददाता
हेटौँडा, भदौ १७ गते । मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेश, हेटौँडाले बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष कार्यालयको गत आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन बुझाएको छ ।
मुख्यन्यायधिवक्ता शुकदेव काफ्लेले कार्यालयको गत आवको गतिविधिसहितको प्रतिवेदन मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवकोटालाई बुझाउनुभएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख देवकोटाले न्याय सम्पादनको क्षेत्रमा देखा परेका चुनौतिका सन्दर्भमा मुख्यमन्त्री मार्फत आवश्यक सहजिकरण गर्ने बताउनुभयो ।
मुख्यन्यायधिवक्ता काफ्लेले बागमती प्रदेशका कारागरहरुमा सबैभन्दा समस्या रहेको भन्दै कारगारको क्षमतभन्दा बढी कैदी बन्दीहरु राखेर मानव अधिकारको प्रत्याभूतिमा नै चुनौति रहेको अनुर्गमनका क्रममा पाइएको बताउनुभयो । सो अवसरमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, प्रदेश सरकार सचिवलगायतको उपस्थिति रहेको थियो ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ मा कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।




