करिब २३ लाखको काजुसहित एक जना नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ १७ गते । जिल्ला प्रहरी परिसर, काठमाडौँले ठुलो परिणाममा काजुसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भन्सार छलीका काजुसहित धनुषा जिल्ला सबैला नगरपालिका वडा नं. ५ का १९ वर्षीय धिरेन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले प्रहरी वृत्त, स्वयम्भु र प्रहरी वृत्त, नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका ३१ शान्तिनगरमा म. प्रदेश ० २००१ ख ०३२५ नं. को ट्रक खानतलासी गर्दा ट्रकभित्र काजु फेला परेको जानकारी दिनुभयो ।
१५३ थान बट्टामा १० किलोग्राम प्रति बट्टाका दरले गरी एक हजार ५३० किलोग्राम करिब २२ लाख ९५ हजार रुपियाँ बराबरको काजु फेला परेको उहाँले बताउनुभयो ।
काजुसहित यादवलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles