हेटौँडा, भदौ २० गते । मकवानपुरको कैलाश गाउँपालिकालाई सरसफाई तथा स्वच्छता सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएको संस्था बाल विकास कार्यक्रम नेपालले गाउँपालिकालाई बिहीबार उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त सामाग्री वडातहमा रहेका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुमा पठाईने बताउनुभयो ।
संस्थाले ट्वाईलेट सफा गर्ने ब्रस ८५ थान, हार्पिक पाँच लिटरको ३० ग्यालिन, फिनेल पाँच लिटरको ३१ ग्यालिन, ट्वाईलेटमा प्रयोग हुने कपुर ३९ किलो, डस्टविन सानो एक सय थान, डस्टविन सय लिटरको १० थान, डस्टविन ८० लिटरको १० थान, डस्टविन ७० लिटरको २२ थान प्रदान गरेको संस्थाका कार्यक्रम संयोजक दिलबहादुर गोलेले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेल, प्रशासन प्रमुख रामचन्द्र शिवाकोटी, जिन्सी शाखा प्रमुख लक्ष्मण खतिवडा, स्वास्थ्य शाखाका अहेव नागेन्द्र कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।




