पैगम्बर मोहम्मद जन्म जयन्तीको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना

लोकप्रिय

हेटौँडा, भदौ २० गते । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज (२० भदौ) पर्ने गएको पैगम्बर मोहम्मद जन्म जयन्तीको शुभकामना सन्देश दिनु भएको छ ।
“पैगम्बर मोहम्मद जयन्ती (ईद-मिलाद-उन-नबी) को पवित्र अवसरमा सम्पूर्ण मुस्लिम समुदाय तथा समग्र मानवलाई हार्दिक शुभकामना व्यक्त गर्दछु” उहाँले सन्देशमा भन्नुभएको छ ।
यो दिन ईस्लाम धर्मका संस्थापक पैगम्बर हजरत मोहम्मद सल्ललाहु अलैही  वसल्लमको जन्मको सम्झनामा हर्षोल्लासपूर्वक मनाईन्छ ।
पैगम्बर मोहम्मदको जीवन र शिक्षाले मुस्लिम समुदायलाई मात्र होईन, सम्पूर्ण मानव जातीलाई शान्ति, सहिष्णुता, दया र मावताको मार्गमा अघि बढ्न प्रेरित गरेको छ ।

उहाँले दिएको सन्देशले सबैलाई एकअर्काप्रति आदर र सद्भाव राख्न प्रोत्साहन गर्ने प्रदेश प्रमुख देवकोटाले उल्लेख गर्नुभएको छ। मानव जीवनमा आउने कठीनायी र चुनौती सामना गर्दा धैर्य र संयमको अभ्यास गर्नुपर्ने उहाँको जीवनले सिकाएको देवकोटाले सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपाल विभिन्न धर्म, संस्कृति र समुदायको साझा फुलबारी हो । उहाँले दिएको शिक्षा र मार्गदर्शनले मानवजातीलाई शान्ति, भातृत्व र न्यायको मुल्य मान्यतामा आधारित समाजको निर्माण गर्न प्रोत्साहन गर्दछ । उहाँले देखाउनु भएको सहिष्णुता र दयाको मार्गलाई अंगाल्दै समाजमा शान्ति, स्थायित्व र सद्भाव कायम राख्दै आफ्नो जीवनलाई सकारात्मक रुपमा अघि बढाउन, समाजमा मेलमिलाप र एक अर्काप्रति दयालु बन्न प्रयास गर्नेमा देवकोटाले जोड दिनुभएको छ ।

उहाँको “आफ्नो लागी जे चाहन्छौ, अरुका लागी पनि त्यहि चाह” भन्ने आदर्शबाट समाजलाई आपसी सद्‍भाव र भाईचाराको सुत्रमा बाँध्न प्रेरित गदर्छ ।
यो विशेष दिनले हामीलाई आत्मनिरीक्षण गर्ने र पैगम्बर मोहम्मदको शिक्षालाई व्यवहारमा उतार्न, समाजमा फैलिएको घृणा, अन्याय र विभाजनलाई अन्त्य गर्नका लागी एकजुट हुन प्रेरित गर्दछ ।
“पैगम्बर मोहम्मदको जन्मजयन्तीको यो पवित्र अवसरले सबैको जीवनमा शान्ति, खुशी र समृद्धि ल्याओस भन्ने कामना गर्दछु यो दिनले हामीलाई प्रेम, करुणा र भाईचारा फैलाउन प्रेरित गरोस् र संसारमा शान्ति र एकताको भावना सुदृढ बनोस् सबैमा शुभकामना”देवकोटाले सन्देशमा उल्लेख गर्नुभएको छ ।

ताजा समाचार

Related Articles