खासकुरा संवाददाता
हेटौँडा, भदौ २० गते । प्रहरीले पार्किङमा राखेको स्कुटरको डिक्की फुटाएर चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँले सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं. ८ घर भई काठमाडौँ जिल्ला महाराजगंज बस्ने वर्ष ३४ सबिन कुमार श्रेष्ठ र काभ्रेपलान्चोक जिल्ला रोशी गाउँपालिका. वडा नं. ३ घर भई काठमाडौँ जिल्ला असन बस्ने वर्ष ३१ को पाल्साङ दोर्जेलाई नियन्त्रणमा लिएको हो ।
काठमाडौँ महानगरपालिका ३० डिल्लीबजार स्थित कारागार कार्यालयको कम्पाउन्डमा पार्किङ गरिराखेको बा. ७६ प. ७२५२ नम्बरको स्कुटरको डिक्कीबाट सामानहरू चोरी गर्नेलाई निजहरुलाई चोरीका सामानहरू सहित नियन्त्रणमा लिइ काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भइ प्रहरी वृत्त, मालिगाउँबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
पक्राउ परेकाहरुबाट १२ हजार रुपियाँ नगद, कालो रङ्गको पर्ससहित एटिएम कार्ड एक÷एक थान, सवारी चालक अनुमति पत्र एक थान, आइफोन एक थान, मोबाइल दुई थान बरामद गरेको प्रवक्त प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिनुभयो ।




