१४ प्रदर्शनकारीको मृत्यु, १ सय भन्दा धेरै घाइते, विभिन्न अस्पतालमा उपचार

लोकप्रिय

काठमाडौँ, भदौ २३ गते। काठमाडौँमा  आज भएको ‘जेनजी’को प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ।
प्रदर्शनको क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको हो ।
यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्रदर्शनकारीहरूको उपचार भइरहेको छ ।
ट्रमा सेन्टरमा उपचाररत छ प्रदर्शनकारीको मृत्यु भएको छ ।
यसैगरी, २५ जना घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरले जनाएको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
उता, सिभिल अस्पतालका अनुसार उपचाररत घाइते प्रदर्शनकारीमध्ये हालसम्म तीन जनाको मृत्यु भएको छ ।
काठमाडौँ मेडिकल कलेजमा उपचाररत २० घाइतेमध्ये एकको मृत्यु भएको छ ।
एभरेष्ट हस्पिटलमा ३४ जना उपचारत मध्ये तीनको मृत्यु भएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ ।
उपचाररत घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।
जेनजी प्रदर्शनमा भएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभएको छ ।

ताजा समाचार

Related Articles