काठमाडौँ, भदौ २६ गते। राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको विषम परिस्थितीमा मुलुकलाई संवैधानिक दायारमा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार विमर्श एवं हर प्रयासमा लागिरहेको बताउनुभएको छ ।

आम नागरिकलाई सम्बोधन गर्दै बिहीबार जारी एक विज्ञप्तीमा आन्दोलनकारी नागरिकका माग सम्बोधन गर्ने र छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन राष्ट्रपति पौडेलले आग्रह गर्नुभएको छ । उहाँले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ ।




