खासकुरा संवाददाता
हेटौँडा, असोज २४ गते । अवैध लङगुरबुर्जा गट्टीसहित खेलाउने पाँच जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ८ कमाने स्थित नमुना चोकमा लङगुर बुर्जा खेलाई रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लङगुर बुर्जाको गट्टी र खाल एक सेटसहित पाँच जनालाई बिहीबार राति नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार हेटौँडा ८ नमुना चोकका २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका ४ घर भई हाल हेटौँडा ५ बस्ने ४२ वर्षीय दीपक अर्याल, हेटौँडा १७ घर भई हाल हेटौँडा १५ बस्ने २६ वर्षीय विजय लामा,
हेटौँडा ९ घर भई हाल हेटौँडा ८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र मकवानपुरको बागमती गाउँपालिका ८ घर भई हाल हेटौँडा ८ बस्ने ३१ वर्षीय अर्जुन तामाङलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई तीन लाख ९६५ रुपियाँसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ ।
