प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रणमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज २४ गते । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोइन्टस्थित पूर्व पश्चिम सडक खण्डबाट प्रतिबन्धित पटकाजन्य पदार्थ नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट चेकिङमा खटिएको प्रहरी टोलीले वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७५५ नं. को यात्रु बाहक विद्युतीय गाडी जाँच गर्ने क्रममा गाडीको छतमा लुकाई अवैध रुपमा ल्याईएको ५० हजार रुपियाँ बराबरको पाँच सय प्याकेट प्रतिबन्धित पटकाजन्य पदार्थ फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा समाचार

Related Articles