राजनीतिक दलहरूलाई इन्कार गर्ने बाटोमा नजान आग्रह

लोकप्रिय

भक्तपुर, असोज २४ गते । नेकपा (एमाले)को ५८औँ सचिवालय बैठकले सरकारलाई इतिहासमा स्थापित राजनीतिक दलहरूलाई इन्कार गर्ने बाटोमा नजान आग्रह गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको बैठकले इतिहासमा स्थापित राजनीतिक दलहरूलाई इन्कार गर्ने बाटोमा नजान सरकारलाई आग्रह गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उपमहासचिव ज्ञवालीले सरकारलाई इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान र त्यो पार लाग्ने बाटो पनि होइन भन्नेबारे बैठकमा गम्भीर छलफल भएको बताउनुभयो ।

बैठकले निष्पक्ष निर्वाचन भए एमाले जस्तो लोकतान्त्रिक शक्ति निर्वाचनबाट नभाग्ने निष्कर्ष निकालिएको उहाँले बताउनुभयो ।  जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने एमालेको ठहर रहेको पनि उहाँले बताउनुभयो । बैठक भोली पनि जारी रहने उहाँले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles