• समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • साहित्य
  • अन्तर्वार्ता
  • रोजगारी
  • विदेश
  • पर्यटन
Search
Logo
Logo
Logo
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • साहित्य
  • अन्तर्वार्ता
  • रोजगारी
  • विदेश
  • पर्यटन
Trending Now

लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ

तराई क्षेत्रमा तातो लहरको सम्भावना

विज्ञापन नीतिमा भएका विभेदकारी व्यवस्था संशोधन गर्न माग

दुई वटा संशोधन ऐन प्रदेश सभामा पेस गरिने

सामाजिक सञ्जाल नियमन सांसदहरूको जोड

Logo
  • आवरण
  • समाचार
  • राजनीति
  • प्रदेश
  • स्वास्थ्य
  • अर्थ
  • विचार
  • कला
  • खेलकुद
  • अन्तर्वार्ता
  • रोजगारी

सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत गर्ने गरी काम गर्न प्रजिअलाई निर्देशन

खास कुरा संवाददाता
खास कुरा संवाददाता
कार्तिक २, २०८२
164
0

लोकप्रिय

समाचार संकलनमा रोक लगाएपछि प्रजिअको कार्यकक्षभित्रै प्रतिवाद

असार ६, २०८२

स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

भदौ २१, २०८०

महालेखा प्रतिवेदनः मकवानपुरका पालिकामध्ये सबैभन्दा कम बेरुजु बकैया र सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकाको

बैशाख ३१, २०८२

मकवानपुरको कैलाशबाट एक हजार किलोभन्दा बढी गाँजा सहित चार जना पक्राउ

असार १७, २०८२

अवैध लागूऔषध सहित २० जना पक्राउ

असार २६, २०८२

काठमाडौँ, कात्तिक २ गते। गृह मन्त्रालयले शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, आपूर्ति व्यवस्थापन, अनुगमन निरीक्षण र कार्यक्रममा सहभागिता एवम् व्यवस्थापनलगायत विषयमा देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले आज जिल्लामा शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, सुशासन, नियमन, समन्वय र सार्वजनिक सेवा प्रवाहमा सहजीकरण गर्नुपर्नेलगायत व्यक्तिगत आचरणसमेतका विषयमा सजगता साथ सक्रिय एवम् प्रभावकारी भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा र विश्वास जागृत एवम् अभिवृद्धि गर्ने तथा नतिजा देखिने गरी प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी निर्वाह गर्न र गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार मन्त्रालयले शान्तिसुरक्षाअन्तर्गत जेनजीको प्रदर्शनपछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै जिल्लाभित्र शान्तिसुरक्षामा तत्काल र दीर्घकालमा असर पार्ने सुरक्षा चुनौतीहरू सतहमा आउनुपूर्व नै पहिचान एवम् विश्लेषण गर्दै त्यसका लागि सूचना सङ्कलन, विश्लेषण र उपयोगलाई समन्वयात्मक रूपमा प्रभावकारी बनाउनसमेत निर्देशन दिएको छ ।

त्यसैगरी मन्त्रालयले पछिल्लो परिवर्तनपश्चात् नयाँ सरकार गठन भई आम निर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई उत्तेजित नपार्ने एवम् उक्साहट नहुनेगरी पूर्वस्वीकृति लिएर मात्र सभा सम्मेलन गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा मुलुकका विभिन्न भागमा सुरक्षा निकायका साथबाट हराएका वा लुटिएका हातहतियार र खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायले कार्ययोजना बनाई संयुक्त रूपमा प्रभावकारी सेक्युरिटी अपरेशसन सञ्चालन गर्ने, अवैध हातहतियारको नियन्त्रण गर्न आवश्यक कार्य गनुपर्ने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।
सरकारले जिल्लास्थित सबै सुरक्षाकर्मी तथा निजामती कर्मचारीको मनोबल बढाउने गरी छलफल, अनुगमन एवम् उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्न, कानुन कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्दै दण्डहीनताको अन्त्य गरी नागरिकमा स्थानीय प्रशासन एवम् सुरक्षा निकायप्रतिको विश्वास जागृत र अभिवृद्धि गराई सुरक्षा प्रत्याभूति गर्न तथा  कानुन विपरीतका कार्यमा संलग्न जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गर्न र विस्थापित भएका सुरक्षा निकायका कार्यालय स्थानीय समुदायसँगको समन्वय एवम् सहयोगमा पुनःस्थापित गर्न र गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
जिल्लाबाट शान्तिसुरक्षा, विपद् व्यवस्थापनलगायत तत्काल जाहेरीसमेतका विषयमा गर्नुपर्ने दैनिक प्रतिवेदन मन्त्रालयको दैनिक प्रतिवेदन प्रणालीबाट गर्ने, प्रतिवेदन गर्नुपर्ने उल्लेखनीय विषय नभए पनि दैनिक जानकारी गराउनुपर्ने र राष्ट्रिय अन्तरराष्ट्रिय प्रभाव पार्ने, अपराध नियन्त्रण र शान्तिसुरक्षामा गम्भीर असर पु¥याउनेलगायत महत्वपूर्ण घटनाको सूचना तत्कालै मन्त्रालयसमक्ष प्रमुख जिल्ला अधिकारीले जाहेरी गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
मन्त्रालयले जिल्लाभित्रका गतिविधिका बारेमा नियमित प्रतिवेदन र जाहेरी गर्नुपर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको रहने भएकाले घटनाको प्रकृति तथा संवेदनशीलता विश्लेषण गरी यथाशीघ्र जानकारी गराउने र मन्त्रालयबाट आवश्यक छानबिन तथा कारबाहीका लागि लेखी पठाइएका विषयहरू प्राथमिकताका साथ फछ्र्यौट गर्नुपर्ने निर्देशन दिएको छ ।
सरकारले अपराध नियन्त्रण सम्बन्धमा जिल्लाभित्र घट्ने कुनै पनि घटनाको निरूपण, पीडितलाई न्याय र दोषीलाई कानुनको दायरामा ल्याउने कार्यमा नागरिकको आशा, विश्वास र भरोसामा अभिवृद्धि हुनेगरी कार्यसम्पादन गर्ने, गराउन र छिमेकी मुलुकहरूसँग सीमा जोडिएका जिल्लाले सीमा सुरक्षा, सीमा स्तम्भको सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध तथा सीमापार अपराध नियन्त्रणका लागि सीमा क्षेत्रका गतिविधि नियमित रुपमा निगरानी गर्ने, जिल्ला सुरक्षा समितिका तर्फबाट सीमा निरीक्षण गर्ने, सुरक्षाकर्मीबाट एकल तथा संयुक्त गस्ती पट्रोलिङ गर्ने र आवश्यकताअनुसार समकक्षी बैठकसमेत आयोजना गर्न पनि निर्देशन दिएको छ ।
समकक्षी बैठकमा सहभागिता जनाउनुपूर्व मन्त्रालयको स्वीकृति लिने र त्यस्ता बैठकमा राष्ट्रिय हितका विषयहरू स्पष्टसँग उठाउनुपर्ने तथा  मन्त्रालयले स्पष्ट अधिकार दिएको अवस्थामा बाहेक लिखित सहमति नगर्ने साथै बैठक सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारीले सो बैठकका सम्बन्धमा मन्त्रालयलाई लिखित प्रतिवेदन दिन मन्त्रालयले निर्देशन दिएको छ ।

      
Previous article
कीर्तिपुर रंगशालामा फ्लडलाइटका टावर ठडिए
Next article
निर्वाचनमा सहभागिताका लागि तयार छौं : मुख्यमन्त्री बानियाँ

ताजा समाचार

लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ

तराई क्षेत्रमा तातो लहरको सम्भावना

विज्ञापन नीतिमा भएका विभेदकारी व्यवस्था संशोधन गर्न माग

Load more

Related Articles

खास कुरा संवाददाता - बैशाख ११, २०८३

लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ

खास कुरा संवाददाता - बैशाख ११, २०८३

तराई क्षेत्रमा तातो लहरको सम्भावना

खास कुरा संवाददाता - बैशाख १०, २०८३

विज्ञापन नीतिमा भएका विभेदकारी व्यवस्था संशोधन गर्न माग

Load more

सुरुचि कम्युनिकेसन प्रा.लि.

ठेगाना : हेटौँडा २ मकवानपुर
सम्पर्क : ९८४५०३१५६१
ईमेल : khaskuranews@gmail.com

द्वारा सञ्चालित

Logo

दर्ता

कम्पनी दर्ता नं. : ३६२२३८/८१/८२
स्थायी लेखा नं.: ६२२३१५५२८
सञ्चार रजिष्ट्रारको कार्यालय दर्ता प्रमाणपत्र नं. : ००३००/०८१–०८२

Facebook
Twitter
Youtube

हाम्रो बारे

सम्पादक : जे न्यौपाने
सञ्चालक : राममणि दाहाल
विज्ञापन : प्रकाश बराल

© सञ्चालन तथा प्रायाेजनकाे हक सर्वाधिकार खास कुरामा सुरक्षित रहनेछ ।